नायीका सन्ध्या केसीले गरिन् विवाह

प्रकाशित मिति:

नायिका सन्ध्या केसीले कानुनी बिहे गरेकी छिन् । केसीले सामाजिक संजालको माध्यमबाट आफू बैबाहिक जीवनमा बाँधिएको जानकारी दिएकी छिन् । खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ भन्दै उनले आभूषण ज्योती कंसकारसँग बिहे गरेको जनाएकी हुन् । उनले लेखेकी छिन्–‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ।