खाद्य सुरक्षा र अधिकार सुनिश्चिततका लागि रणनीतिक योजना बनाउदै डुडुवा गाउपालिका

प्रकाशित मिति:

केशब भट्टराई-बाँके, १२ असार,बाँकेको डुडुवा गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक योजना बनाउन लागिएको गाउपालिकाले जनाएको छ । फियान नेपालको सहकार्यमा पालिकाले खाद्य तथा पोषण सुरक्षा रणनीतिक योजना तर्जुमाका लागि कार्यशाला आयोजना गरिएको गाउपालिकाका योजना अधिकृत ओम बहादुर राना क्षेत्रिले बताउनुभयो ।

छलफलमा खाद्य तथा पोषण सुरक्षा योजना निर्माण देखिएको समस्या, चुनौती र कार्ययोजना निर्माण गर्दै आगामी दिनमा अघि बढने योजना बनाईएको फियान नेपालको क्षेत्रिय सयोजक सुरेस गौतमले बताउनुभयो ।कार्यक्रममा खाद्य तथा पोषण बिज्ञ लुमनाथ अधिकारि, फियानका बित्त ब्यवस्थापक बिनोद पाण्डेय कार्यक्रम अधिकृत लक्ष्मी गुरुङ, फियानका कानुन तथा क्षमता बिकास अधिकृत मुकुन्द राना र कर्यक्रम अधिकृत प्रकाश नेगिले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

यस्तै कार्यक्रमको उद्देश्य माथी फियानका कोषाध्यक्ष झपेन्द्र भट्टराईले प्रकाशपार्नु भएको थियो। शनिबार चलेको छलफलमा गाउँपालिकाका प्रतिनिधि संगै कार्यपालिका सदस्य, कृषि, स्वास्थ, शिक्षा, महिला बालबालिका र पशुपन्छी, बिकास शाखा प्रमुखहरु र पत्रकारहरुको उपस्थित रहेको थियो।