कांग्रेस नेता घिमिरे महामन्त्रीमा उम्मेदवारी दिने

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले महामन्त्रीमा आफनो दाबी प्रस्तुत गरेका छन । संविधान र प्राप्त उपलव्धीलाई गुम्न नदिन पनि पार्टीलाई बलियो बनाउन महामन्त्री पदमा आफूले दाबी प्रस्तुत गरेको उनले बताए। अधिक्तम बहस र छलफल अगाडी बढाएको बताउँदै नेता घिमीरेले भने व्यक्तिले पद लिने कुरा गौण हो,पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउने नेत्तृवको पक्षमा हामी छौं ।

०४६ सालमा पार्टी कमजोर बन्यो पछि ६२र६३ को आन्दोलनपछि संविधान निर्माणको क्रममा पार्टीले खेलेको योग्दान अतुलनिय छ । पार्टीको पुरानो बिरासदलाई फर्काउन शिथिल पार्टीलाई उर्जा दिन र गतिशील बनाउन आफूहरु लागिरहेको नेता घिमिरेले जानकारी दिए । त्यस्तै उनले नेपालमा कोभिडका कारण आर्थिक क्षेत्र अस्तव्यस्थ भएको र बर्तमान सरकारले नागरिक स्वास्थ्य सुरक्षाका लागी अभिभावकीय भुमिका निर्बाह गर्न नसकेको समेत टिप्पणी गरेका छन ।

केन्दीय सदस्य घिमिरे नेविसंघका पुर्व अध्यक्ष समेत हुन र उनी नेपाली कांग्रेस पार्टीभित्र बौद्धिक नेताका रुपमा परिचित छन् ।महाधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुनेछ, भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ। १४औँ महाधिवेशन र नयाँ नेतृत्वबारे कांग्रेस युवा नेताहरुबिच छलफल जारी छ ।