प्रधानमन्त्री ओलीका स–परिवार बालुवाटार छाडेर होटलमा !

प्रकाशित मिति:

मङ्सिर १६ , १६ मंसिर– प्रधानमन्त्री केपी ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् ।

‘प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो’, एक कुटनीतिज्ञले टिप्पणी गरे, यसले बाह्य जगतमा नेपालको बचेखुचेको साख पनि ध्वस्त पारेको छ ।’ प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईले भने आउने जाने समय बचाउन, सवारी आवागमनमा बाधा नपार्न र अधिकतम देशका नेतालाई भेट्न प्रधानमन्त्री सोल्टीमै बसेको बताए । कान्तिपुर दैनिकबाट