पृथ्वीसुब्बाले माधव नेपाललाई अध्यक्ष प्रस्ताव गर्दा मौन रहे ओली !

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी एकताका लागि माधवकुमार नेपाललाई अर्का अध्यक्ष बनाउन प्रस्ताव गरेका छन् ।आइतबार बसेको स्थायी कमिटी बैठकमा उनले यस्तो प्रस्ताव गरेको एक सदस्यले बताए ।गुरूङले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि एकता बचाउनुपर्ने बताएको स्रोतको दाबी छ ।

“माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि एकता जोगाउनुपर्छ । नेकपा छिन्नभिन्न हुँदाको उपउत्पादनका रुपमा गठबन्धन अगाडि आएको हो । एमाले एकताबद्ध हुनेबित्तिकै त्यो स्वतः कमजो हुन्छ,” गुरूङको भनाइ एक सदस्यले उद्धृत गरे, “नेकपा विभाजन हुँदा म सिकार भएँ, एमाले विभाजन हुँदा बाँकी प्रदेशका सरकार पनि ढल्छन् । माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाएर भए पनि विवाद मिलाऔँ ।”

गुरूङले नेपाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने आवाज उठाए पनि ओलीले कुनै जवाफ दिएनन् । उनी मौन रहेको एक नेताले जानकारी दिए ।“अध्यक्ष ओली मात्र होइन, अरू नेताहरू पनि बोलेनन् । पार्टी एकता नगर्ने हो भने मौनता ठीक छ । होइन भने त्यहाँसम्म पुगेर भए पनि पार्टी जोगाउनुपर्ने छ । नत्र अझै क्षति हुनेवाला छ,” गुरूङ निकट स्रोतले भन्यो ।