दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी

प्रकाशित मिति:

काठमाडौँ स् वेष्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । गएराती भएको खेलमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई १६ रनले हराएको हो । १६७ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रनमा सिमित भएपछि दक्षिण अफ्रिका विजयी भयो ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिज एक–एकको बराबरीमा ल्याएको छ । पहिलो टी–ट्वान्टीमा वेष्ट इन्डिज विजयी भएको थियो ।