बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सबको उद्घाटन,पहिलो दिनमै ४६ लाख बढि दान चन्दा संकलन ।

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी १६ मंसिर । पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई स्र्माट क्याम्पसको रुपमा सञ्चालानार्थ एक हप्ते धार्मिकक तथा शैक्षिक महोत्वको आयोजना गरिएको हो ।

महोत्सवको उद्घाटन गदै ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले शिक्षा विना कोहि पनी अगाडी बद्न नसकिने बताउंदै शैक्षिक क्षेत्रको विकासमा सबैले एकयबद्धता जनाउनु पर्ने बताए । आफले शैक्षिक क्षेत्रको विकासका निम्ती महत्पुर्ण अभियानका साथ अगाडी बढिरहेको बताउंदै निसीभुजी जनता क्याम्पसलाई स्मार्ट क्याम्पस निर्माण गरी सबै नागरीकले पदे्न पाउने अवसरलाई साथ दिनुपर्ने बताए ।

उनले क्याम्पसमा आफनो र धर्मपत्नि छेला नेपालीको नामबाट २१ लाख ५ हजार रुपैयाँ आफनै सहकारी ईमेज बचत तथा ऋण सहकारीमा बचत रहने गरी अक्ष्यकोषको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दे ढोरपाटन नगरपालिकाको तर्फदेखि कार्यपालिकाको निर्णय गरेर रु २० लाख रुपैँया यसै आर्थिक बर्षमा

छुत्याउने समेत प्रतिबद्धता जनाए । हिजोको उद्घाटन सत्रको कार्यक्रममा निसीभुजि जनता क्याम्पसको प्राङगण देखि ७ सय कलस , बाजा गाजा सहित सयौंको संख्यामा भक्तजनहरुको उपश्थितीमा बुर्तिबाङ बजार परिक्रमा गरी उत्तरगंंगा माविमा पुगेर कार्यक्रम स्थलमा सहभागि भएको थियो । आयोजित कार्यक्रममा महोत्सव मुल समारोह समितीका निर्देशक धिरप्रताप सिंह, उपनिर्देशक तुल्सिराम अर्याल, संकल्पकर्ता ईश्वर सरण महाराज श्री, वाचक तथा पन्डित नरेश नेपाल, ढोरपाटन नगरपालिका उपप्रमुख कर्मती पुन, विभिन्न राजनैतिक दलका प्रतिनीधि, पत्रकार, समाजेसेवी, द्धिजिवी, क्याम्पसका प्रमुख, विभिन्न विधालयका शिक्षक, महोत्सव मुल समारोह समितिका पदादिकारी लगाएतको आतिथ्यता रहेको उद्घाटन सत्रको कार्यक्रम महोत्सव मुल समारोह समितीकाअध्यक्ष एवम क्याम्पस व्यवस्थापन समिति अध्यक्ष चन्द्रलाल अर्यालको अध्यक्षता, मुलसमारोह समिती उपाध्यक्ष टंकप्रसाद सर्माको स्वागत क्याम्पसका प्रध्यापक लोकेन्द्र सुनार र उत्तमबहादुर महतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै हिजोदेखि दान दाताहरुले गक्षअनुसारको दान उपलब्ध गराउने अभियान सुरु भएको छ ।

त्यस्तै हर्कबहादुर गुरुङ द्धारा ५१ हजार ५ , ढोरपाटन नगरपालिका उपमेयर कर्मती पुन द्धारा ५१ हजार , बुर्तिबाङ निवासी सुमित्रा सापकोटा र कमला अर्यालद्धारा चार लाख मुल्य बराबरको धान र १ तोला सुन, धनसरी कंडेल द्धारा १ मुरी धान , चुडामणि खुनाल द्धारा २ हजार १ सय २५, दुर्गा बहादुर थापा,जैमुनी देखि ११ हजार १ सय, हरीकला पाण्डे बाट ३ हजार १ सय, प्याव्सन जिल्ला समिती बागलुङ द्धारा १० हजार, भिमबहादुर सुनार २ हजार १ सय, गरी हिजो ४२ लाख, ३५ हजार, ४ सय, ३० रुपैंया नगदी चन्दा र ४ लाख मुल्य बराबरको धान गरी कुल ४६ लाख बराबरको दान प्राप्त भएको क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए ।