कोरोना प्रभावितलाई युवा संघले बाँड्यो राहत

प्रकाशित मिति:

बुटवल, १४ असार । नेपाल बाल संगठन रुपन्देहीद्वारा सञ्चालित बाल मन्दिर बुटवलमा अध्ययनरत २५ जना बालबालिकाका परिवारलाई सोमबार राहत सामग्री प्रदान गरेको छ । बाढी र कोभिडबाट प्रभावित तिनाउ नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका २५ परिवारलाई सहयोग स्वरुप राहत सामग्री प्रदान गरिएको बाल संगठन रुपन्देहीका अध्यक्ष साजन भण्डारीले जानकारी दिए ।

राहत वितरण गर्दै बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख मित्रमणि खनालले संस्थाले अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गरेर सह्रानीय काम गरेको भन्दै प्रशंसा गरे ।बाल संगठनले राहत स्वरुप प्रति परिवार २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, सोयाविन, दुई केजी नुन लगायत खाद्य सामग्री रहेको छ । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेको र असार लागेसँगै आएको बाढीका कारण प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं”–संगठनका अध्यक्ष भण्डारीले भने ।उनले बाल संगठन दुःख र अप्रोमा परेका अभिभावकहरुको साथमा रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए ।

“महामारीबाट अप्ठेरोमा परेका बालमन्दिरमा अध्ययनरत बालबालिकाका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु हाम्रो दायित्व हो, अप्ठेरो पर्दा बाल संगठन अभिभावककै साथमा छ”–उनले भने ।राष्टिय युवा समिति रुपन्देहीका अध्यक्ष सरोज पोखरेलले महामारीबाट प्रभावितलाई राहत वितरण गरेर बाल संगठनले रचनात्मक काम गरेको बताए ।