प्रचण्डको चरित्र निलो रंगको स्यालसँग मिल्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रंग फेरेकोमा कुनै आश्चर्य नभएको बताएका छन् ।जननेता मदन भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले सोमवार आयोजना गरेको मदन भण्डारी पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डको बोलीले छक्क पर्नु नपर्ने बताए ।

‘प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजै राम्रो के–के भने क्यार ।।। मान्छेले छक्क माने । किन छक्क मान्ने रु छेपारोले रंग एकछिनमा फेर्छ त!! खैरो मुढामा गयो भने खैरोखैरो खालको रंग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो–हरियो रंग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालो–कालो बनाउँछ । छेपारोले रंग फेर्छ त!!’ प्रचण्डको चरित्र संस्कृत नीति कथा ‘नीलवर्णस्य शृगाल’ (निलो रंगको स्याल) सँग मिल्ने प्रधानमन्त्री ओलीले बताए । प्राप्त लोकतान्त्रिक उपलब्धिलाई बिथोल्ने र हुँडल्ने कामै प्रचण्डको भएको बताउँदै त्यस्ता मान्छेलाई गुरु थापेर हिँड्नु कांग्रेसका लागि राम्रो नहुने पनि उनले बताए ।

‘अगाडि बस्दैमा आफूले नेतृत्व गरेको भन्ने हुँदैन, गोरु हलीको अगाडि नै हुन्छ,’ प्रधानमन्त्रीले भने ।अहिले अदालतबाट प्रधानमन्त्री छानिने अभ्यास स्थापना गर्न खोजिएको बताउँदै ओलीले यसले सम्मानित संस्थालाई अनावश्यक रूपमा राजनीतिमा तान्ने खतरा रहेको बताए ।