सन्दीप लामिछानेद्वारा पहिरो प्रभावितलाई सहयोग

प्रकाशित मिति:

देवराज सुवेदी– सिन्धुपाल्चोक– नेपाली लेग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोबाट प्रभावितलाई सहयोग गरेका छन् ।लामिछानेले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउनका लागि आवश्यक सामाग्री सहयोग गरेका हुन् ।

सोमबार चौतारा पुगेर लामिछानेले उक्त सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख अरुण पोखरेललाई हस्तान्तरण गरेका छन् ।हस्तान्तरण गरिएका सामाग्रीहरुमा जस्ता, फलामे ट्रस, पोल लगायत छन् ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिनुभयो ।त्यसैगरि लामिछानेसहितको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ ।