जीवन विकास लघुवित्तको आइपिओमा १५ गुणा बढी आवेदन

प्रकाशित मिति:

जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आइपिओमा सोमबारसम्म १५ गुणा बढी आवेदन परेको छ । आज (असार १४ गते) साँझ साढे ५ बजेसम्ममा २ करोड ७९ लाख ८ हजार ९६० कित्ता सेयरका लागि आवेदन परिसकेका संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५.१० गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ ।क्यापिटलका अनुसार यो अवधिसम्ममा १८ लाख ४७ हजार ०५१ जनाले सो मात्राको सेयर माग गरेका हुन् ।असार ११ गतेबाट खुला गरिएको उक्त सेयरमा असार १५ गते अपराह्न ५ सम्म आवेदन दिन पाइनेछ ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात् १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता सेयर कर्मचारीका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिनेछ ।