एसिया प्यासिफिक समिट आज सकिँदै, प्रमुख अतिथि बन्दै छन प्रचण्ड

प्रकाशित मिति:

मंसिर १६,  काठमाडौँ– काठमाडौँमा जारी एसिया प्यासिफिक समिट आइतबार सकिँदैछ । समिट काठमाडौँ घोषणापत्र जारी गर्दै समापन हुनेछ ।

औपचारिक रुपमा शनिबारदेखि सुरु भएको समिट आइतबार सकिन लागेको हो । समिटमा सहभागी हुन सात देशका प्रतिनिधिहरु अहिले काठमाडौँमा छन् ।

यसैबीच, समिटमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रमुख अतिथि बन्दैछन् । बिहान ९ बजेदेखि सुरु पहिलो सेसनमा क्लाइमेट चेन्जको विषयमा छलफल हुनेछ । यो सेसनमा नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली सहभागी हुँदैछन् ।

साढे ११ बजे शुरु हुने दोस्रो सेसन मिडिया सम्बन्धी छ ।  अहिलेको समयका चुनौतीको सम्बोधनमा मिडियाको भूमिका विषयक सेसनमा नेपालका पत्रकारहरू हैन, लगानीकर्ता र व्यवस्थापकको मात्र प्रतिनिधित्व छ ।