रुपन्देही उद्योग संघले ४१ औं स्थापना दिवश मनायो,, औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

प्रकाशित मिति:

रुपन्देही उद्योग संघले ४१ औं स्थापना एंव औद्योगिक दिवश मनाएको छ । सो अवसरमा विभिन्न प्रकृतिका १२ उद्योगहरुलाई सम्मान गर्नुकासाथै उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ वितरण गरिएको थियो । यसैगरि सदस्य उद्योगहरुमा कार्यरत कर्मचारीका छोराछोरी २ जना र १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको टिकटबाट शिक्षा क्षेत्रका लागि छुट्याईको रकम, नगरपालिका हरियाली कोषको रकम र मुटु अस्पताललाई छुट्याईएको रकम हस्तान्तरण पनि गरिएको थियो । यस बर्ष १२ वटा उद्योगहरुलाई सम्मान प्रदान गरेको होे ।सम्मानित उद्योगहरुका प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल, विशिष्ठ अतिथि प्रदेश नं. ५ का उद्योग, वन तथा बातावरण मन्त्री लिला गिरी र संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान स्वरुप सम्मानपत्र, दोसल्ला तथा माला र टिका लगाइ दिनु भएको थियो । औद्योगिक विकासका लागि कलम चलाउने सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्ने गरि २०५७ सालमा रुपन्देही उद्योग संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ बाट दैनिक पत्रमा कार्यरत तेजेन्द्र केसीलाई नगद ३५ हजार ५ सय ५५ सहित प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले ट्रेडको विजनेशलाई कम गर्दै उत्पादनमुलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसक्दासम्म देशको आर्थिक विकास तथा औद्योगिकिकरण हुन नसक्ने बताउनु भयो । उहाले वदलिदो परिश्थिति अनुसार प्रविधिको उपयोग र परम्परागत प्रणालीको विस्थापन आजका उद्योगहरुको समस्या भएको जिकिर गर्नु भयो ।
जमिनमा बढेको अस्वाभाविक मूल्यवृद्धिले नयां उद्योगी स्थापित हुन अप्ठेरो भएको बताउंदै उहाले प्रदेश सरकार उद्योगीका सबै समस्या समाधान गर्ने गरी उद्योगमैत्री कानुन निर्माणमा लागेको बताउनु भयो ।
प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरिले उद्योगीहरुलाई करको दायरामा आएर सरकारलाई सहयोग गर्न आग्रह गर्र्दै उद्योगमैत्री नीति निर्माण भइरहेकाले छलफलमा आउन अनुरोध गर्नु भयो । नेपाल उद्योग परिसंघका प्रदेश ५ संयोजक एजाज आलमले उद्योगी व्यवसायी फाइल बोकेर अहिले पनि संघीय राजधानी धाउनुपरेको बताउदै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता, सचिव जीवकान्त काफ्लेको संचालन, वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराको स्वागत तथा प्रथम उपाध्यक्ष माधव पौडेलको धन्यवादमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण न्यौपाने, उद्योग संघका पूर्व अध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठ, बोनिन पिया, दिनेशराज रेग्मी, उत्कृष्ठ उद्योगी भुपालकुमार श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष भेषराज विनाडी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, पुरस्कृत पत्रकार तेजेन्द्र केसी लगायत बोल्नु भएको थियो ।स्थापना दिवशका अवसरमा संघको आयोजनामा शनिवार विहान रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६५ युनिट रक्तदान भएको कार्यक्रमका संयोजक यमलाल भटट्राईले जनाकारी दिनु भयो ।