पेनाल्टीमा बाजी मार्दै स्वीट्जरल्यान्ड क्वाटरफाइनलमा, फ्रान्स पनि बाहिरियो

प्रकाशित मिति:

काठमाडौँ-साविक उपविजेता फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड युरो २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

यसअघि निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थप गरिएको आधा घण्टामा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा स्वीट्जरल्यान्डले विजयी पाँच गोल गर्दा फ्रान्स स्तब्ध बनेको हो ।

हारसँगै फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ । साविक विजेता पोर्चुगल बाहिरिएको चौबिस घण्टा नबित्दै उपविजेता फ्रान्स पनि यसपटकको युरोबाट बाहिरिएको हो । पोर्चुगललाई बेल्जियमले हराएको थियो ।