सैनामैनाले ‘भलिबल रेफ्रि’उत्पादन गर्दै

प्रकाशित मिति:

सुरेश परियार,१५ असार -सैनामैना खेलकुद समितिले आज(मंगलबार)देखि भलिबल रेफ्रि प्रशिक्षण दिन सुरु गरेको छ । सैनामैना नगरपालिकामा गठन भएको वर्षदिन नपुग्दै सैनामैना खेलकुद समितिले सैनामैनाका ३० जना युवा युवतीहरुलाई ३ दिन सम्म भलिबल रेफ्रि सम्बन्धी प्रशिक्षण दिन सुरु गरिएको हो ।समिति गठन लगत्तै खेलकुदका प्रशिक्षणहरु शुरु हुनुपर्ने हो तर कोरोना महामारीका कारण तर प्रशिक्षण स्थगन गरिएको थियो। प्रशिक्षणका लागि सैनामैना वडा न.१ देखि ११ वडा सम्मका युवा युवतिहरुको प्रतिनिधीत्व रहेको छ ।

सैनामैना वडा न.६ स्थित सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको हलमा भएको कार्यक्रम सैनामैना खेलकुद समितिका अध्यक्ष किशोर रानाको अध्यक्षता,सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको प्रमुख आतिथ्यता तथा शिक्षा शाखा प्रमुख हेमराज अर्यालको विशिष्ट आतिथ्यता तथा क्याम्पस प्रुमख यदुलाल पन्थको आतिथ्यतामा कार्यक्रम भएको हो ।सोही अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले खेलकुद क्षेत्रको विकासका लागी यि प्रशिक्षण सञ्चालन गर्नुपर्नेमा जोड दिए ।खेलाडी मात्र होइन प्रशिक्षक पनि उत्पादन गर्नु खेलकुद समितिको दायित्व भएको तर्क प्रमुख प्रशासकीय अधिकृत पन्थीले गरे ।अनुशासनमा खेलाडीलाई राखी खेललाई ब्यवस्थीत बनाउन प्रशिक्षकहरुको अहम भुमिका हुने बताए ।खेलकुद क्षेत्रका लागी सैनामैनाले यस वर्ष पनि बजेट विनियोजन गरेको बताए ।

यस्तै कार्यक्रममा सैनामैना खेलकुद समितिका अध्यक्ष किशोर रानाले अब खेलाडी संगै रेफ्रिहरु पनि उत्पादन गर्न तर्फ समिति लागी परेको बताएका छन् । रेफ्रिले न्यायधिशको काम गर्ने भएकाले खेलका हरेक विधामा जानकार हुने प्रशिक्षण अनिवार्यता रहेको उल्लेख गरे ।प्रशिक्षणबाट सिकेका कुरालाई ब्यवहारमा उर्तादै नगरमा हुने खेलकुद प्रतियोगितामा प्रशिक्षणमा सहभागिहरु नै रिफ्र बन्ने दावि गरे ।कार्यक्रममा मदन थापाको सञ्चालन रहेको थियो । प्रशिक्षण असार १७ गते सम्म चल्ने छ भने प्रशिक्षणको सहजिकरण राष्ट्रिय रिफ्री अर्जुन घिमिरे,राम बहादुर थापा,किशोर राना लगायतले गर्ने छन् ।