जहदा सामुदायिक पुस्तकालय पश्चिम नवलपरासीले अति विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गर्यो,

प्रकाशित मिति:

अहिलेको विषम परिस्थितीमा कोभिड १९ महामारीबाट विश्व नै आक्रान्त भइरहेको अवस्थामा पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटवलियाले नगरपालिकाको विपत ब्यवस्थापन कोषमा नगद सहयोग गर्नुका साथै बर्दघाट १२ र १३ का अति विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गरेको छ ।

श्रोत केन्द्रद्धारा सञ्चालित ट्याग परियोजना अन्र्तगत रिड नेपालको सहयोगमा बर्दघाट नगरपालिकाद्धारा सञ्चालित स्थानिय तह आकस्मिक कोषमा १५ हजार सहयोग गरेको छ भने परियोजनाकै सहयोगमा बर्दघाट १२ र १३ का अति विपन्न १० घरपरिवारलाई प्रतिघर परिवार २५ किलो चामल, ५ किलो आटा, दुई लिटर तेल, दुई किलो दाल, दुई प्याकेट नुन, एक प्याकेट सोयाबिन र एक पिस नुहाउने साबुन गरि प्रतिपरिवार दुई हजार ५ सय बराबरको खाद्यान्न समाग्री वितरण गरेको छ भने परियोजना अन्र्तगत नै यस क्षेत्रका कोभिड प्रभावित १० घर परिवारलाई स्वास्थ्य किट प्रदान गर्ने योजना रहेको परियोजनाकी सहजकर्ता लक्ष्मी धिताङले जानकारी दिनुभयो ।

त्यस्तै यस अगावै केन्द्रद्धारा सञ्चालित ब्यवहारिक सामुदायिक समाधान कार्यक्रम अन्र्तगत वडा नम्बर १२ का ४० जना किसानलाई प्रति किसान २५ किलो युरिया मल सहित जिंक वितरण गरिएको थियो । केन्द्रका अध्यक्ष सुरज केसीको अध्यक्षता तथा वडा न्म्बर १२ का वडाध्यक्ष मान बहादुर मल्लको प्रमुख आतिथ्यता र वडा न्म्बर १३ का वडाध्यक्ष नर बहादुरु चौधरीको विशेष आतिथ्यतामा सो खाद्यान्न वितरण कार्य सम्पन्नन भएको हा । कार्यक्रममा सेवाग्राही लगाएत जनप्रतिनिधि तथा श्रोत केन्द्रका प्रतिनिधिहरुहरुको उपस्थिती रहेको थियो ।