बुटवल जेसिजको अध्यक्षमा नरदेव न्यौपाने चयन

प्रकाशित मिति:

बुटवल जेसिजको आगामी वर्षकालागि शुक्रबार भएको अधिवेशनबाट अध्यक्ष पदमा नरदेव न्यौपाने विजयी हुनु भएको छ । वर्ष सन् २०१९ को नेतृत्वका लागि भएको अधिवेशनमा न्यौपाने सहित राजेन्द्रबहादुर जिसी र विजय वर्णवालले प्रतिस्पर्धा गर्नुभएको थियो ।नेतृत्वका लागि भएको निर्वाचनमा विजेता न्यौपानलेले ३९ मत प्राप्त गर्नुभएको थियो भने उपविजेता राजेन्द्रबहादुर जिसीले १६ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै अर्का आकांक्षि विजय वर्णवालले १ मत प्राप्त गर्नुभएको थियो ।अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ ।

बुटवल जेसीजको कार्यकारिणी उपाध्यक्षमा चन्द्रमणी भुसाल र उत्तम पोखरेल, उपाध्यक्षमा अमृत पाण्डे, विनोद घिमिरे, रमेश अर्याल र कृष्ण डुम्रे सर्वसम्मत निर्वाचित हुनु भएको छ ।त्यस्तै सहसचिवमा आविश्कार खनाल र सहकोषाध्यक्षमा गोपाल न्यौपाने सर्वसम्मत हुनु भएको निर्वाचन आयुक्त तथा बुटवल जेसिजका पूर्व अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । जेसीजको बिधान अनुसार महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले मनोनित गर्ने व्यबस्था छ ।