टेलिभिजनमा फर्किदै हास्य टेलिश्रृंखला

प्रकाशित मिति:

निषेधाज्ञाका कारण छायांकन हुन नसकेका सिरियलहरु ध्माधम छायांकन भइरहेका छन् । एक महिना देखि बन्द रहेका हास्य सिरियलहरु अहिले छायांकन गर्दै प्रसारणको तयारीमा रहेका छन् ।पर्सि अर्थात विहिबारबाट कमेडी सिरियल‘सक्किगोनी’ प्रसारणमा हुने भएको छ । सक्किगोनीका निर्देशक तथा कलाकार कुमार कट्टेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहिबारबाट नयाँ एपिसोडका साथ प्रसारण हुन लागेको जानकारी दिएका हुन् ।
सम्बन्धित समाचार।।

निर्देशक तथा कलाकार कुमार कट्टेलले दर्शकमाझ क्षमा माग्दै यसैसाताबाट सिरियल प्रसारण हुन लागेको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘कोरोना महामारी र निषेधाज्ञाका कारण केहि हप्ताबाट प्रसारण रोकिएको ‘सक्किगोनी’ यसैसाताबाट प्रसारण गर्ने तयारी गर्दैछौँ । तपाईहरुले नयाँ एपिसोडका साथ पुन हेर्न पाउनुहुनेछ ।’यो सिरियल हरेक बिहिबार साँझ ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ , सिरियलमा अर्जुन घिमिरे ९पाँडे० र कुमार कट्टेल९जिग्री’को लेखक तथा निर्देशन गर्दै आएका छन् । अर्जुन र कुमारका अलवा दीपक आचार्य,हरि निरौँला,कमलमणी नेपाल,सागर लम्साल ९बले०,प्रियना आचार्य,रश्मी पाण्डे लगायत कलाकारको अभिनय रहेको छ ।

पछिल्लो समय दर्शकले अत्यधिक रुचाइएको छुवाछुत प्रथामा आधारित सिरियल ‘जुठे’ पोखरामा धमाधम छायांकन भइरहेको छ । केहि साता बन्द रहेको उक्त सिरियल पुन प्रसारण हुन लागेको निर्माण पक्षले जनाएको छ । राजु पौडेल र मरिचमान श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको ‘जुठे’ दर्शकमाझ लोकप्रिय रहेको छ । यसमा कलाकार राजु र मरिचमानकै मुख्य भुमिका रहेको छ ।त्यस्तै,‘गोलमाल ,हर्केहल्दार,अत्ति भो, भद्रगोलले पनि निषेधाज्ञा खुकुलोभएसँगै पुन प्रसारणको तयारीमा रहेका छन् । यता ‘मेरी बास्सै र हल्ला रमाइलोलाई भने निषेधाज्ञाले छुन सकेन । निषेधाज्ञाको समयमा पनि सिरियललाई निरन्तरता दिइरहे । उनीहरुले थोेरै कलाकारकाबीच छायांकन गर्दै सिरियल प्रसारण गरेका थिए ।