ओमसतिया गाउँपालिकाको बजेट अनिश्चित, तत्काल गाउँसभा नगर्न अदालतको आदेश

प्रकाशित मिति:

रुपन्देही । आन्तरिक विवादका कारण असार १० गते आउन नसकेको रुपन्देहीस्थित ओमसतिया गाउँपालिकालको बजेट अनिश्चित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रुपन्देहीको तत्काल गाउँसभा नगर्न आदेश दिएसँगै बजेट अनिश्चित भएको हो ।गाउँपालिका अध्यक्ष केवटले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट हिउँदे गाउँसभामा पारित नगरी करोडौं रुपैयाँको योजना गाउँसभाको निर्णय विपरीत स्वेच्छाचारी ढंगले ल्याउन खोजेको भन्दै वडाअध्यक्षहरुले गाउँसभा रोक्न अदालतमा रिट निवेदन दिएका थिए ।

उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश शिवराज अधिकारीको एकल इजलासले आगामी असार २३ गते दुवैपक्षलाई छलफलको लागि उपस्थित हुन सूचना दिनुको साथै २३ गतेसम्म गाउँसभा नगर्न आदेश दिएको हो ।गाउँपालिका कार्यालयसहित तीनजनालाई विपक्षी बनाई बेलबहादुर बराल मगर निवेदक दिएको उक्त रिट निवेदनमाथि भएको बहसपछि उच्च अदालतले उक्त आदेश दिएको हो ।उक्त रिट निवेदनको पक्षमा अधिवक्ता गोविन्द प्रसाद मरासिनीले गरेको बहसपछि जारी गरिएको परमादेशमा ‘यसमा के कसो भएको हो रु निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो रु उक्त आदेश जारी हुन नपर्ने कुनै आधार कारण र प्रमाण भए सो समेत साथै यो म्याद सूचना प्राप्त भएको मितिले बाटोका म्यादबाहेकको समयमा विपक्षीहरुलाई आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिइ आउन’ भनिएको छ ।

गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्षहरुले गाउँपालिका अध्यक्ष केवटले मनोमानी र एकलौटी रुपमा योजना छनोट र बजेट बांडफांड गर्ने गरेको भन्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए ।