एमाले बैठकमा माधव पक्षका ११ नेतालाई बोलाइएन

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका ११ नेतालाई बोलाइएको छैन । नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत नेतालाई बैठकमा नबोलाइएको हो ।

नेपाल समूहकै केही नेतालाई बैठकमा बोलाइएको एमाले पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । यसअघि कारबाहीमा परेकाबाहेक नेतालाई मात्र बैठकमा बोलाइएको हो । अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा नेता खनाल, नेपाल सहितलाई पार्टीबाट निष्कासन गरेका थिए ।

सर्वोच्च अदालतले एमालेको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि भोलिको बैठकले त्यसलाई विघटन गर्ने तयारी गरेको छ ।बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने तयारी गरेको बुझिएको छ। गएको २८ फागुनमा अध्यक्ष ओलीले दशौं महाधिवेशन आयोजक कमिटी बनाएका थिए।बैठक बुधबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ।