गल्ती गर्नेको हिसाब किताब चुक्ता गर्ने लेखा समितीका सभापति शाहको चेतावनी

प्रकाशित मिति:

प्रतिनीधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले गलत गर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै एक एक गरेर हिसाव किताव खोजिने बताउनु भएको छ । ऐन नियम र कानुन अनुसार काम कारवाही हुनुपर्ने बताउँदै यस बिपरित काम गर्नेलाई समितिले कुनै बहानामा नछाड्ने उहाँले बताउनु भयो ।बुटवल जेसीजको ४५ औं वार्षिक साधारण सभा तथा अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै सार्वजनिक लेखा समितिका सभापति शाहले सरकारले शक्ति केन्द्रिकृत गरेर संघीयताको कार्यान्वयन हुन नसक्ने उल्लेख गर्नुभयो ।

।कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता विष्णु पोखरेलले जेसीजले उठान गर्दै आएको बिधिको शासन र व्यबसायिक स्वतन्त्रता नेपाली काँग्रेसले पनि उठान गर्दै आएको उल्लेख गर्दै बिधिको शासन र व्यबसायिक स्वतन्त्रतालाई वर्तमान सरकारले खिल्ली उडाएको आरोप लगाउनु भयो ।बुटवल जेसिजका अध्यक्ष यमप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्ष बिन्ध्याकेशर जोशी, बुटवल ४ का वडा अध्यक्ष टंकप्रसाद पराजुली, बुटवल महिला जेसीजकी अध्यक्ष राधिका पोखरेल, निर्वाचन आयुक्त पूर्व अध्यक्ष राजु पौडेल, ओमप्रकाश अर्याल लगायतले मुलुकको समृद्धिकालागि बिधिको शासन र व्यबसायिक स्वतन्त्रता अपरिहार्य रहेको बताउनु भएको थियो । कार्यक्रममा महासचिव चन्द्रमणी भुसालले वार्षिक प्रतिवेदन सहित बुटवल जेसीजले वर्षभरी गरेका कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।