स्थगित भएका लोकसेवा आयोगका सबै तहका परीक्षा साउन १५ गतेबाट हुने (तालिकासहित)

प्रकाशित मिति:

काठमाडौं- कोरोना महामारीका कारण रोकिएका लोकसेवा आयोगका परिक्षा सञ्चालनमा आउने भएका छन् ।

आयोगले मंगलबार एक सूचना जारी गर्दै सबै तहका परीक्षा आउँदो साउन १५ गतेबाट सञ्चालनमा आउने बारे जानकारी गराएको छ । यस्तै आयोगले आउँदो साउन १५ गतेबाट सञ्चालन हुने परिक्षाको तालिका पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार साउन १५ गते प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायतको परीक्षा हुनेछ ।

तालिका