नमस्ते एकेडमी कमजोर आर्थिक अवस्था भएका सम्म पुग्नु पर्नेमा जोड

प्रकाशित मिति:

पुनहरि बेल्बासे,

न्यून आय भएका बालबालिकाले पनि नमस्ते एकेडमीमा पढ्न पाउनु पर्नेमा प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बराल जोड दिएका छन् । आज रुपन्देहीको तिलोत्तमा १४ मा रहेको नमस्ते एकेडमीको प्राङ्गणमा भएको खेलकुद समापन कार्यक्रममा बोल्दै मन्त्री बरालले हुने खानेका परिवारका बच्चाले मात्रै नभई न्यून आय स्रोत भएका बालबालिकाले पनि विद्यालयमा पढ्न पाउने वातावरण बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । “शिक्षा दीर्घकालिन र गुणस्तरीयता हुने भएकोले शिक्षा हासिल गरेपछि जीवनमा आइपर्ने समस्या हल गर्न सक्ने बनाउने काम शिक्षक र विद्यालयको भएको बताउँदै शैक्षिक भविष्यको ग्यारेन्टी हुनु पर्छ” उनले थपे ।विद्यार्थीलाई सधै पढाइको किरो मात्रै बनाउन नहुने भएकोले विद्यालयले सयम समयमा विभिन्न कार्यक्रम गर्दै आएको र अहिले खेलकुद कार्यक्रम गरेको विद्यालयका प्रिन्सिपल डाक्टर स्यामुअल स्यामपथले बताए ।विद्यार्थीको अध्ययन सँगसँगै खाने व्यवस्था पनि विद्यालयमै मिलाएको र विद्यालयमै खानाको प्रबन्ध मिलाउँदा स्वच्छ, सफा हुने बताउँदै स्वच्छ खानाले बालबालिकाको मस्तिष्क विकासमा सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भूसालले बताए ।विद्यालयले वार्षिक कार्यायोजना अनुसार विद्यार्थीको चौतर्फी विकासका लागि क्रिकेट, भलिबल, फुटसल, ब्याडमिन्टन लगायत ८३ ओटा सम्पन्न गरेको विद्यालयका डाइरेक्टर राजेन्द्र कुँवरले बताए ।नर्सरी देखि कक्षा १० सम्म पढाइ हुने नमस्ते एकेडमीमा करिब ३ सय विद्यार्थीले शिक्षा लिएका छन् भने ४२ जना शिक्षक र अन्य कर्मचारी गरी करिब १ सय जनाले रोजगारी पाएका छन् ।