डाइभर्सन बगाए पछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति:

प्रकाश न्यौपाने असार १६ नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर–१३ बडेरामा र सुनवल ५ बनकट्टीमा रहेका डाइभर्सन मंगलबार राति आएको पानीले बगाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख बासुदेव नेपालले जानकारी दिनुभयो ।डाइभर्सन बगाएपछि बुधबार बिहानै देखी पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने नारायणगाढ –बुटवल सडकखण्ड अवरूद्ध भएको ट्राफिक प्रमुख नेपालले जानकारी दिनुभयो ।