आचार्य र तिमिल्सेनाले दिए घरभाडामा ५० प्रतिशत छुट

प्रकाशित मिति:

तिलोत्तमा, १६ असार ।तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राम निवासी गिरिशमणि आचार्य दीक्षित र सोही वडा मणिग्राम निवासी शोभाखर तिमिल्सिनाले जेठ महिनाको घरभाडामा ५० प्रतिशत छुट गरेका छन् ।


गिरिशमणि आचार्य दीक्षितको ६० वटा र शोभाखर तिमिल्सिनाको ८ वटा सटरहरु व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएको थियो । निषेधाज्ञाले गर्दा सबै व्यवसायीहरूलाई पर्न गएको असरलाई मध्यनजर गरेर केही राहत होस भनी छुट दिएको उनीहरुले बताएका छन् ।

साथै उनीहरूले २/२ वर्षमा १० प्रतिशत घरभाडामा थप गर्ने समय २०७८ बैशाखमा पूरा भएको र अहिलेको जटिल अवस्थालाई मध्यनजर गरेर यो वर्ष थप नगर्ने बताएको तिलोत्तमा चेम्बर अफ कमर्सका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।