पौडेलको दबाबपछि रोकियो केन्द्रीय सदस्यसँग कांग्रेसका ‘तीन भाइको’ छलफल

प्रकाशित मिति:

काठमाडौं-नेपाली कांग्रेसका तीन नेताले केन्द्रीय सदस्यहरूसँग गर्ने भनेको सामूहिक छलफल स्थगित गरिएको छ। उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले शुक्रबार गर्ने भनेको छलफल स्थगित गरिएको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले: हपारेुपछि यी तीन नेताले गर्ने भनेको छलफल स्थगित भएको पौडेलनिकट एक नेताले बताए।१३औं महाधिवेशनमा सभापतिमा उठेका तीन नेता बाहेकका केन्द्रीय सदस्यलाई बैठकमा डाकिने भनिएको थियो। मंगलबार निधि, कोइराला र सिंहबीच भएको छलफलमा महामन्त्री निवास महराजगञ्जमा शुक्रबार केन्द्रीय सदस्यसहितको बैठक बस्ने निर्णय भएको थियो।

कांग्रेस वरिष्ठ नेता पौडेलले नेता प्रकाशमान सिंहलाई यो के गरेकोरुु भन्दै थर्काएको स्रोतले जनाएको छ। पौडेलले दबाब दिएपछि छलफल स्थगित भएको एक नेताले बताए।