टी २० वरियतामा कुशल र ज्ञानेन्द्रको सुधार, पारस र सन्दीप यथावत

प्रकाशित मिति:

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको पछिल्लो वरियतामा नेपालका चार खेलाडी समेटिएका छन् । नयाँ बरियतामा युवा खेलाडी कुशल भुर्तेलको सुधार भएको छ ।उनले एक स्थान सुधार गर्दै ६० औं स्थनमा आफूलाई राखेका छन् ।

कुशलको बरियता बंगालदेशका शाकिब अल हसनभन्दा माथि रहेको छ । कुशलको ४४२ रेटिङ प्वाइन्ट रहेको छ भने उनीभन्दा पछि रहेका शाकिबको ४४० रेटिङ प्वाइन्ट रहेको छ ।पछिल्लो वरियता अनुसार पारस खड्का ८८ औं स्थानमा रहेका छन् ।पारसको रेटिङ प्वाइन्ट ३६२ रहेको छ । यसैगरी नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल ९२ औं स्थानमा रहँदा उनको दुई स्थान सुधार भएको छ । ज्ञानेन्द्र यसअघि ९४ औं स्थानमा थिए ।

ज्ञानेन्द्रको अहिले रेटिङ प्वाइन्ट ३५७ रहेको छ । यसैगरी लेगस्पिनर सन्दीप लामिछानेको वरियता ७६ यथावत रहेको छ । उनको रेटिङ प्वाइन्ट ४०५ रहेको छ ।