लस एन्जेलसकी एक आमालाई ३ बच्चाहरुलाई हत्या गरेको आरोपमा गिरफ्तार

प्रकाशित मिति:

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जेलस शहरकी एक आमालाई उनका ३ बच्चाहरूलाई हत्या गरेको आरोपमा गिरफ्तार गरिएको छ । उक्त घटना पूर्वीय लस एन्जेलसमा घटेको एबिसीन्यूजले जनाएको छ ।

यसै सिलसिलामा जासुस प्रहरीहरुले अनुसंधानको लागि उक्त महिलालाई पक्राउ गरेको जनाएको छ । लस एञ्जेल्स काउन्टीका शेरिफ (प्रहरी) विभागका अनुसार मृतकहरूमा शिशु बच्चा समेत रहेको जनाएका छन् । शव परीक्षण कार्यालयका अनुसार ४ वर्षीय मिया क्यामिला रोड्रीगेज ,३ वर्षीय म्यासन माटियो रोड्रीगेज तथा १ महिनाको बच्चा मिलान माटिज रोड्रीगेज रहेको बताएका छन् । प्रहरिक अनुसार शव परीक्षण हाल विचाराधीन(पेनडिंग )मा रहेको छ ।

३ बच्चाकी आमा २८ बर्षिय सान्ड्रा सिको भएको प्रहरीले जानकारी दिएका छन् । उनलाई जमानत स्वरूप २० लाख डलर तोकिएको छ भने आज बुधवार जुन ३० का दिन उनि अदालतमा हाजिर हुने छिन ।प्रहरीका अनुसार उनका तीनै जना बच्चाहरू उनकै घरको ओछ्यानमा १२:४५ बजे दिउसो गत सोमबार फेला परेका थिए । उनका परिवारका सदस्यले सहयोगको लागि खबर गरेका थिए । प्रहरीहरु त्यहाँ पुग्दा तीनै जनाले स्वास फेरेका थिएनन । र ,उनीहरूलाई प्राथमिक उपचार गरेता पनि सफल हुन् नसकेको प्रहरीले जनाएका छन् ।