बुटवल नारायणगढ सडकखण्ड सुचारु

प्रकाशित मिति:

प्रकाश न्यौपाने असार १६ गते- नवलपरासी । बुधबार बिहानदेखि अवरुद्ध बनेको पुर्व पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड सुचारू भएको छ । साना तथा मझौला गाडी आवत जावत हुने गरि सडक खण्ड साँझ देखि सञ्चालनमा आएको हाे ।

गएराति परेको अविरल वर्षाले सो सडक खण्ड अन्तर्गत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित वडा नम्बर ५ बन्कट्टी, वडा नम्बर १३ बडेरा, र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको थियो । सञ्चालनमा आाएको डाइभर्सनबाट ठूला लोड गाडीबाहेक अन्यलाई आवतजावत गर्न दिईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयाे

डाइभर्सनमा राखिएको ग्राभेल दब्न सक्ने भएकाले हलुका सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको र लोड गाडीहरू भोलिबाट मात्रै आवतजावत गर्न दिईने लामाकाे भनाइ छ ।राजमार्ग भएर पूर्व–पश्चिम जाने भारी सवारी साधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको प्रहरीले जनाएको छ ।