न्यायालयलाई ओलीले धम्की दिइरहेको विपक्षी गठबन्धनको दाबी

प्रकाशित मिति:

पाँचदलीय विपक्षी गठबन्धनले संसद् पुनस्र्थापनालगायत विषयमा अदालतमा परेको मुद्दामा आफ्नो पक्षमा निर्णय गराउन प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई धम्की दिइरहेको आरोप लगाएको छ । बुधबार नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रिया गठबन्धनका शीर्ष नेताहरूले ओलीको षड्यन्त्रका विरुद्ध अन्तिमसम्मै एक भएर लड्ने प्रतिबद्धतासमेत जनाएका छन् । केही दिनयता प्रधानमन्त्री ओलीले न्यायालय र न्यायाधीशमाथि असन्तुष्टि पोख्दै आएका छन् ।

“हामीलाई विश्वास छ, ओलीको धम्कीबाट न्यायाधीशहरू डराउनुहुनेछैन स् शेरबहादुर देउवा, कांग्रेस सभापति प्रधानमन्त्रीले अदालतलाई धम्की दिइरहनुभएको छ । न्यायाधीशहरू प्रधानमन्त्रीको धम्कीमा जाने हो भने देश के होला रु कहाँबाट न्यायालय टिक्ला त रु कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद् पनि कहिलेकाहीँ ठप्प गरिदिन सक्छ, बहुमतको आधारमा । तर, एउटा मात्रै संस्था छ, जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको हो । यहाँ, स्वतन्त्र न्यायालयसँग प्रधानमन्त्रीको केही लाग्दैन । कतिवटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ!! हामीलाई विश्वास छ– ओलीको धम्कीबाट कुनै पनि न्यायाधीशहरू डराउनुहुनेछैन । सम्पूर्ण देश, राष्ट्र, संविधान बचाउनेहरू पछाडि छौँ । हामीले संविधानले दिएको कुरा गरेका छौँ । न्यायाधीशलाई डराउने, तर्साउने काम छैन ।” उनले भनेका छन्  ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा निर्णय गराउन अदालतलाई धम्की दिइरहेको दाबी गरे । उनले कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भए पनि न्यायालय सधैँ संविधानअनुसार चल्ने भएकाले न्यायाधीशहरू ओलीको धम्कीबाट नडराउने विश्वास व्यक्त गरे ।‘उहाँ (प्रधानमन्त्री)ले अदालतलाई धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश रु कहाँबाट न्यायालय टिक्ला त रु’ सभापति देउवाले भने, ‘कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद् पनि कहिलेकाहीँ ठप्प गरिदिन सक्छ, बहुमतको आधारमा । तर, एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको हो ।’

उनले आजसम्म स्वतन्त्र न्यायालयका अगाडि कुनै पनि प्रधानमन्त्रीका गलत कदमहरू नटिकेको भन्दै अहिले पनि ओलीको धम्कीबाट न्यायाधीशहरू नडराउने बताए । ‘यहाँ स्वतन्त्र न्यायालयसँग प्रधानमन्त्रीको केही लाग्दैन । कतिवटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ,’ उनले भने, ‘हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनै पनि न्यायाधीश डराउनुहुनेछैन । सम्पूर्ण देश, राष्ट्र, संविधान बचाउनेहरू पछाडि छौँ । हामीले संविधानले दिएको कुरा गरेका छौँ । न्यायाधीशलाई डराउने, तर्साउने काम छैन ।’ उनले न्यायालयसँग विवेकपूर्ण न्यायका लागि अनुरोधसमेत गरे ।७०औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतबाट अराजकतालाई प्रश्रय दिने खालको निर्णय भएको बताएका थिए । ‘अहिले त कानुनले प्रस्ट एउटा परिभाषा गरेको छ, फैसला अर्को आउँछ । कानुनले स्पष्ट रूपमा एउटा निर्दिष्ट गरेको छ, उल्लेख गरेको छ, भनेको छ । केन्द्रीय समिति भन्नाले के बुझिन्छ भन्नाले परिभाषाले भन्छ । केन्द्रीय समिति, तदर्थ समिति वा यस्तै जुनसुकै नाम दिएको भए तापनि केन्द्रीय निकायको अधिकार प्रयोग गर्ने हैसियत भएको केन्द्रीय वा राष्ट्रिय तहको संस्था बुझ्नुपर्छ, केन्द्रीय कमिटी भन्नाले,’ ओलीले भनेका थिए, ‘अदालतले त्यो छोडिदिन्छ, परिभाषा नै छोडिदिन्छ । केन्द्रीय कमिटीले गर्नुपर्ने काम महाधिवेशन आयोजक समितिले गरेको हुनाले मिल्दैन भन्छ । परिभाषालाई छोडेर, अराजकतालाई प्रश्रय दिने खालको निर्णय हुन्छ ।’

देउवाले संविधानअनुसार बहुमतको हस्ताक्षरसहित दाबी गर्दा पनि प्रधानमन्त्रीको कार्यकर्ता भएर काम गरेको भन्दै राष्ट्रपति भण्डारीको समेत आलोचना गरे । ‘हामीले नेपालको संविधानअनुसार नै दाबी गरेका हौँ । हामीले प्रस्ट बहुमतको हस्ताक्षर नै बुझाएका थियौँ । तर, राष्ट्रपतिले संविधानबमोजिम गर्नुभएन । त्यति मात्रै नभए को कता हो, को कता हो भनेर खडा गरेको भए हुन्थ्यो,’ उनले भने, ‘तर, उहाँले त्यस्तो गर्नुभएन । बरु ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । देशको राष्ट्रपति भएर ओलीको कार्यकर्ता भएर काम गर्ने रु’ देउवाले नेपालले दुई छिमेकी मुलुकहरूप्रति समदूरी राखेर अघि बढ्नुपर्नेसमेत बताएमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र, राष्ट्र र संविधानका लागि मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको भन्दै यसका विरुद्ध पाँचदलीय गठबन्धन बनेको दाबी गरे । साथै उनले ओली प्रवृत्तिविरुद्ध एकजुट हुन पनि सबैलाई आग्रह गरे । ‘लोकतन्त्र, राष्ट्र, संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छौँ,’ उनले भने, ‘अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँसम्म हामी सँगै छौँ भन्ने ठान्छु । हाम्रो कार्यगत एकता भयो । हामीले राम्रोसँग आत्मसात् गर्दा यो छलफल क्रिटिकल ढंगले अघि बढेकाले बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु ।’

सहभागीले राजनीतिक दलका नेताहरू समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल बिर्सने गरेको धारणा राखेका थिए । जवाफमा प्रचण्डले सबै नेताहरू उस्तै नभएको दाबी दोहो¥याए । ‘तपाईंहरूले भनेजस्तो हामी सबै उस्तैचाहिँ होइनौँ । केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका पाँच पार्टीले प्रतिनिधित्व गर्ने प्रवृत्ति एउटै होइन,’ प्रचण्डले भने । उनले शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समयसम्म आफूले गरेको योगदान तथा सम्झौताको फेहरिस्त राख्दै ती काममा लचिलो हुनु गल्ती थियो त भनेर प्रतिप्रश्न गरे । उनले कम्युनिस्ट पार्टी एकीकरणका वेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकका रूपमा देखा परेको टिप्पणी गरे ।उनले विश्वभरका कम्युनिस्ट पार्टीहरूमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए । साथै उनले सरकार बन्नेबित्तिकै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाउने, वर्तमान सरकारले गरेका अवैधानिक राजनीतिक नियुक्तिलाई बदर गर्नेलगायत काम गर्ने पनि स्पष्ट पारे ।

यस्तै, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीकै कारण सिंगो व्यवस्था नै खतराउन्मुख भएको बताए । उनले देश जोगाउने अभिभारा सबैको भएकाले सोहीअनुसार योगदान गर्न आह्वान गरे । ‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र, परिवर्तन संकटको अवस्थामा छ । हाम्रो व्यवस्था नै खतरातर्फ उन्मुख भइरहेको छ,’ वरिष्ठ नेता नेपालले भने, ‘कतिपय अभिव्यक्ति र गतिविधि हेर्दा त्यसले राम्रो संकेत दिइराखेको छैन । यसर्थ हाम्रो काँधमा निकै ठूलो जिम्मेवारी छ ।’ पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको उनको आरोप छ ।ओली प्रवृत्तिको पुनरावृत्ति नहोस् भन्ने आफ्नो मूल एजेन्डा भएको भन्दै उनले आफूले मूल्यको राजनीति नत्याग्ने प्रतिबद्धता व्यक्त गरे । ‘जेसुकै भए पनि म मूल्यको राजनीति त्याग्दिनँ । विचार, सिद्धान्त, मूल्य र मान्यता जुन राष्ट्र, जनता र समाजको परिवर्तनसँग जोडिएका हुन्छन्, म बाँचुन्जेलसम्म छोड्दिनँ,’ उनले भने । नेता नेपालले पार्टीका कार्यकर्ता र नागरिक समाज छुवाछुत, महिला हिंसा र समाजमा अन्याय–अत्याचारका विरुद्धमा दृढताका साथ उभिने हो भने परिवर्तन गर्न सकिने धारणा राखे ।