प्रधानन्यायाधीशले सोधे- बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्न अर्को आधार चाहिन्छ ?
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि बहस जारी छ । आजका बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ भन्दै प्रश्न गरेका छन् । राणाले बहस गर्न आएका वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई सो प्रश्न गरेका हुन् ।
‘प्रधानमन्त्री बन्नका लागि सांसद नै पर्याप्त छ। अरु कुनै आधार चाहिँदैन भन्ने कुरा आयो। सांसदले नै सही गरेर दिएपछि अरु चाहिन्छ ?’ राणाले प्रश्न गरे । धारा ७६ (५) अन्तिमसम्म पनि प्रतिनिधि सभा विघटन नहोस् भनेर राखिएको राणाले बताए ।