सरकारविरुद्ध प्रदर्शनीमार्गमा विद्यार्थी संगठनको प्रर्दशन

प्रकाशित मिति:

काठमाडौं । विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनले बिहीबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो ।