नेपाल-भारत रेल सेवा सम्झौता संशोधनको चेम्बरले गर्‍यो स्वागत, व्यापार प्रतिस्पर्धामा सहयोग पुग्‍ने

प्रकाशित मिति:

नेपाल र भारतबीचको रेल सेवा सम्झौता संशोधनको नेपाल चेम्बर अफ कमर्सले स्वागत गरेको छ । घोषणा हुन बाँकी रहेका प्रस्तावित प्रावधानहरूअनुसार नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने भन्दै चेम्बरले यसको स्वागत गरेको हो ।

नेपालको पारवहन लागतमा भएको अत्यधिक व्ययभारले नेपालको वैदेशिक व्यापार प्रभावित हुने गरेकोमा नयाँ व्यवस्थाबाट सोमा उल्लेखनीय रूपमा कटौती हुन गई नेपाली उत्पादनका मालवस्तुहरू प्रतिष्पर्धा हुनेछ, चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, उक्त सम्झौता कार्यान्वयनमा आएपछि मालसामानको ढुवानीमा सहजता आउने भएकोले नेपालको व्यावसायिक लागत कमी हुनुका साथै नेपालको निकासी व्यापार बढने र आयातमा समेत सहजता आउने छ ।

नेपाल-भारतबीचको रेलसेवा सम्झौता संशोधन भएसँगै नेपालले आफ्नै रेलबाट दुईतर्फी ढुवानी गर्न पाउने छ । नेपाली रेल भारतको कोलकातारहल्दीयदेखि विरानटगर र वीरगन्जसम्म कार्गो ढुवानीका लागि सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।रेलसेवा सम्झौता संशोधन गर्नका लागि नेपालले करिब एक दशकदेखि प्रयास गर्दै आएको थियो । संशोधित सम्झौता कार्यान्वयनमा आएपछि रेलबाट हुने ढुवानीमा एकाधिकार तोडिने भएको छ । अहिले नेपाल(भारतबीच कोनकन रेलवेजले मात्रै ढुवानी गर्दै आएको छ ।