काठमाडौंर नेपाल राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको बताउँदै त्यस्ता फेसबुक आईडीबाट आएका सुचना समाचारप्रति विस्वास नगर्न आग्रह गरेको हो ।यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने÷गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ – यसरी यस बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्नु हुन सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुमा जानकारी गराईन्छ । पुनश्चः यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्बसाधारणहरुलाई अपिल गर्दछौं ।’कुनै पनि प्रकारको सूचना जानकारी तथा आब्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।सामाजिक सञ्जाल (फेसबुक) बाट भ्रामक सूचना पोष्ट भइरहेको भन्दै बैंकले विज्ञप्ति नै जारी गरेको हो ।
विज्ञप्ती जारी गर्दै बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । यसअघि बुधबार नेपाल बैंकर्स सङ्घले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको थियो ।पछिल्लो समय फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत वित्तिय अपराधहरु भइरहेको प्रति संकेत गर्दै अनाधिकृत व्यक्तिले विवरण माग गरेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेकोतर्फ नेपाल बैंकर्स संघले सतर्क रहन आब्हान समेत गरेको छ ।