गोरखा–तनहुँ जोड्ने झोलुङ्गे पुल मर्स्याङ्दीको बाढीले भत्कायो

प्रकाशित मिति:

काठमाडौं, असार १८ : मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने पुलमा क्षति पुर्याएको छ । अविरल वर्षापछि नदीमा आएको बाढीले गोरखा नगरपालिका वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे पुल भत्किएको हो ।

गोरखा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर खड्काका अनुसार पुलको एकातर्फको जिप बगाएको छ ।पुलको एक्ले फाँटतर्फको जिप भासिएको छ। पुलमा क्षति पुगेपछि मानिसहरू मर्स्याङ्दी नदी पार गरेर पृथ्वीराजमार्गसम्म पुग्न सकेका छैनन्। पुलमा नदीले बगाएर ल्याएका ढुंगामुढा रोकिएकाले आसपासका बस्ती जोखिममा परेको छ।