छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

प्रकाशित मिति:

बुटवल मङ्सिर १६ । सुर्खेत, बर्दिया, लमजुङ र तनहुँमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१४ कटुकास्थित सडकमा भे १ ख ८४९ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा लेखबेशी नगरपालिका–८ बस्ने ४० वर्षीया जानकी दर्लामी चन्द र सोही ठाउँस्थित गन्ने पानी बस्ने २२ वर्षीया देउमाया बनटाकी रहेका छन् ।  यस्तै बर्दिया बाँसगढी नगरपालिका–३ भकरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा लु १ ख ९८३३ नम्बरको ट्रकले भे.१ ह २३६३ नम्बरको अटो रिक्शालाई रिक्शामा सवार लखना बस्ने ७० वर्षीया मालती थारु र सोही ठाउँ बस्ने १३ वर्षीया ललिता थारुको उपचारको क्रममा मृत्यु भएको छ । लमजुङ राईनस नगरपालिका–४ निवोटस्थित सडकमा ग.१ त ५६६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक गोरखा पालुङटार नगरपालिका–२ कटहरेका १८ वर्षीय राजिन गैरेको मृत्यु भएको छ ।

यस्तै तनहुँ घिरिङ गाउँपालिका–३ सिलिङ खोलास्थित सडकमा ना.६ त ६८६० नम्बरको ट्याक्टर सडकबाट १ सय मिटर तल खोलामा खस्दा ट्याक्टरमा सवार शुकबहादुर बिक र चालक भिमाद नगरपालिका–१ बस्ने ईन्द्रबहादुर नेपालीको ज्यान गएको हो ।