पुतलीबजारका १४ कर्मचारीको बढुवा, २९ को ग्रेडवृद्धि

प्रकाशित मिति:

पुतलीबजार नगरपालिकाका स्थानीय तहका ४३ जना कर्मचारीहरु मध्य १४ जनाको बढुवा भएको छ भने २९ जनाको ग्रेडवृद्धि भएको छ । पालिकाको सम्पन्न नवौं सभाले पारित गरेको कर्मचारी व्यवस्थापन ऐन २०७८ मा भएको व्यवस्था अनुसार कर्मचारीको बढुवा र ग्रेडवृद्धि गरेको हो ।बढुवा हुनेहरुमा आठौं तह र सातौं तहमा १÷१ जना, छौटौं तहमा ३ जना र पाचौं तहमा ९ जना कर्मचारीको वढुवा भएको छ । यसरी बढुवा हुने कर्मचारीहरु मध्य आठौं तहमा ताराचन्द्र ढकाल, सातौं तहमा कपिल गिरी, छौटौं तहमा अरुण पौडेल, मनि राना र पोमनारायण पराजुली रहेका छन् ।

त्यसैगरी पाचौं तहमा बढुवा हुनेहरुमा राजेश पुरी, नरबहादुर पराजुली, दिपक जंग केसी, चन्द्रबहादुर कार्की, हरीलाल ढकाल, हिमकान्त रेग्मी, कुलप्रसाद मरासीनी, राजु रेग्मी र यमबहादुर मल्ल रहेका छन् । पाचौं तहमा बढुवा हुनेहरु पुरी र पराजुली बाहेक अरु वडा कार्यालयका कर्मचारी हुन् ।पालिकाले सात वर्ष देखी अधिक्तम १५ वर्ष सम्म सेवा अवधी पुगेका कर्मचारीहरुको वढुवा गरेको छ । त्यसैगरी लामो समय सम्म कार्यरत भै बढुवा हुन नसकेका कर्मचारीहरुको पनि ग्रेडवृद्धि गरेको हो । बढुवा र ग्रेडवृद्धि भएको कर्मचारीहरुले खुशी व्यक्त गरी पालिकालाई धन्यबाद व्यक्त गरेका छन् । भरहेका छन् भने कर्मचारीहरु

बढुवा हुने कर्मचारीहरुलाई बधाई दिदै पुतलीबजार नगरपालिकाका प्रमुख सिमाकुमारी क्षेत्रीले कर्मचारी र जनताको सम्बन्ध नङ्ग र मासुको सम्बन्ध हुनुपर्ने बताईन् । नगरप्रमुख क्षेत्रीले कर्मचारीहरुलाई भन्दा सेवाग्राहीहरुलाई सन्तुष्ट राख्न अनुरोध गरीन् । उनले जनप्रतिनिधी र कर्मचारीको भन्दा पालिकाको चर्चा हुने गरी सेवाग्राहीको काम गर्न कर्मचारीहरुलाई आग्रह गरिन् ।कार्यक्रममा उपप्रमुख महेश पुरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, योजना अनुगमन तथा प्रशासन शाखा प्रमुख ताराचन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए । नगरप्रमुख क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख बाबुराम बरालले गरेका थिए ।