टोनी क्रुसले गरे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

प्रकाशित मिति:

एजेन्सी। जर्मनीका मिडफिल्डर टोनी क्रुसले शुक्रबार अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३१वर्षीय क्रुसले ११वर्षे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्।

स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताए।क्रुस २०१४मा जर्मनीले विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए।

२०१०मा अर्जेन्टिनाविरुद्धको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका क्रुसले जर्मनीका लागि १०६ खेलमा १७गोल गरेका छन्।