चीनले बनायो झुण्डेर दौडिने ट्रेन (भिडियो)

प्रकाशित मिति:

चीनले उच्च गतिमा दौडिने स्काई ट्रेन बनाएको छ । यस ट्रेनका कोचहरू पारदर्शी छन् । त्यसमा बसेर यात्रीहरूले शहरभरिका आकर्षक दृश्यहरू हेर्न पाउँछन् । स्काई ट्रेन दायी एयर रेल प्रोजेक्टको एक हिस्सा हो । ट्रेन जमीनमा नभई मास्तिर बनाइएको रेल लाइन्समा झुण्डिएर दौडिन्छ ।

चीनको चङ्तुमा ब्याट्रीबाट चल्ने स्काई ट्रेनको भिडियो सरकारी टेलिभिजन सीजीटीएनमा शेयर गरिएको हो ।यो ट्रेन शहरको मुख्य सार्वजनिक परिवहन साधनका रूपमा काम गर्नेछ । अनि पर्यटन स्थलहरूलाई पनि जोड्ने काम गर्नेछ ।यस ट्रेनका डब्बाहरूलाई ठूलो पान्डाको जस्तो आकार दिइएको छ ।

यसको गति ८० किलोमिटर प्रतिघन्टा छ । यसले एकपटकमा अधिकतम १२० जनालाई गन्तव्यसम्म पुर्‍याउँछ । यसलाई बनाउने चोङताङ एयर रेलका डेपुटी जनरल डाइरेक्टर चोङ मिनले यस नयाँ पुस्ताको ट्रेनको तौल लगभग २।५ टन भएको बताए । पारम्परिक ट्रेनभन्दा यो आधा टन कम हो ।