भेरोसेलको दोस्रो मात्रा असार २२ देखि

प्रकाशित मिति:

काठमाडौं- सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो।

मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार यसअघि लक्षित उमेर समूहलाई लगाइएको खोपको दोस्रो मात्रा लगाउन लागिएको हो। सरकारले अन्य खोप खरिदका लागिसमेत पहल गरिरहेको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप खरिदका लागि सरकारले प्रयास गरिरहेको उनको भनाइ छ। नेपाल सरकारबाट चीनको बेइजिङस्थित साइनोफर्म कम्पनीसँग खोप खरिदको लागि असार २४ गतेबाट खोप आपूर्ति सुरु गर्नेगरी तयारी भइरहेको छ।