देशका अधिकांश भूभागमा भारी वर्षा, यी नदीहरूले पार गरे खतरा तह

प्रकाशित मिति:

मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले बाग्मती, मर्स्याङ्दी लगायतका विभिन्न नदीहरूले खतराको तह पार गरेको मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका यी नदीहरूमा बहावले खतराको तह पार गरेको भन्दै सतर्कता अपनाउन रातिदेखि नै एसएमएस अलर्ट गराउँदै आएको महाशाखाले जनाएको छ । हाशाखाका अनुसार, शनिवार बिहानसम्ममा रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

यस्तै तनहुँको बिमलनगरस्थित मर्स्याङ्दी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । महाशाखाले पानीको बहाव झनै बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाले बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको जनाउको छ ।सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।यस्तै लमजुङ्गको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बहाव आउन सक्ने सम्भावना, तटीय क्षेत्रहरू तथा पहिरो जानसक्ने भिरालो जमिनमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

गोरखाको बारपाक र लमजुङ्गको घारेढुङ्गा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको तथा दरौंदी खोलाको नयाँसाँघु जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको हुँदा तटीय क्षेत्रहरू र पहिरो जानसक्ने भिरालो जमिनमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।यस्तै मकवानपुरको पूर्वी राप्ती नदी रजैया बाढी मापन केन्द्रमा जलसतह खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रहरूमा हुनेहरू उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह छ ।