बाढी पहिरोले देशभरका १७ राजमार्ग अवरुद्ध, ५३ वटा एकतर्फी सञ्चालन (सूचीसहित)

प्रकाशित मिति:

काठमाडौं– वर्षा र बाढी पहिरोका कारण देशभर १७ राष्ट्रिय राजमार्गहरु अवरुद्ध भएका छन्।सडक विभागका अनुसार बाढी पहिरोले क्षति पुर्‍याएर अवरुद्ध भएका ५३ राजमार्गलाई शनिबार विहानसम्ममा एकतर्फी सञ्चालनमा ल्याइएको छ। डुम्रे-बेशीसहर-चामे-मनाङ सडक अवरुद्ध भएको छ। त्यस्तै सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गपनि अवरुद्ध रहेको विभागले जनाएको छ।

बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी सडक खण्डपनि अवरुद्ध रहेको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध बनेको छ।कान्ति राजपथको जीतपुरमा पहिरोले बाटो अवरुद्ध भएको छ। विभागका अनुसार मुग्लिन- नारायणघाट सडक खण्ड अन्तर्गत ४ किलो, १४ किलो र २० किलोमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।

त्यस्तै विपी राजमार्ग पनि विभिन्न स्थानमा आएको पहिरो र बाढीका कारण सडक अवरुद्ध रहेको विभागले जनाएको छ। कहाँको सडकको अवस्था कस्तो, थाहा पाउन यहाँ क्लिक गर्नुहोस्।