नयाँ शक्ति प्रदेश ५ को बिभिन्न बिभागहरु गठन

१६ मंसिर २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल, १६ मंसिर । नयाँ शक्ति प्रदेश ५ ले नयाँ शक्ति प्रदेश ५ को बिभिन्न बिभागहरु गठन गरेको छ । नयाँ शक्ति पार्टी, नेपालको प्रदेश नं. ५ को अधिवेशन आयोजक समितिको पूर्ण बैठकले पार्टीका बिभिन्न बिभागहरुको नेतृत्व समेत तोकेको ।

शनिबार दाङको लमहीमा सम्पन्न बैठकले बैठकले राजनीतिक संवाद समितिको प्रमुखमा नारायण खनाल, संगठन विभाग प्रमुखमा यज्ञ पोखरेल, प्रकाशन तथा प्रचार विभाग प्रमुखमा पंकज राई र कार्यालय सचिवमा विमल गिरीलाई चयन गरेको छ ।

बैठकले आगामी पाँच महिनाको अभियानको संगठनात्मक योजना पारित गरेको प्रचार विभाग प्रमुख राईले जानकारी दिए ।

बैठकले १५ सदस्यीय प्रदेश सचिवालय बनाएको छ । जिल्ला संयोजकहरु पदेन प्रदेश सचिवालय सदस्य हुने बैठकले निर्णय गरेको छ ।

बैठकमा हरि रिजालले प्रस्तुत गरेको उत्पादन तथा स्वरोजगार सम्बन्धि योजना, नारायण खनालले प्रस्तुत गरेको ध्रुवीकरणको आगामी योजना र छन्द पन्थीले प्रस्तुत गरेको आर्थिक योजनालाई पारित गरेको सो पार्टीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया