घरबहाल सरोकार महासंघको स्थापना दिवश बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

प्रकाशित मिति:

बुटवल, १८ असार। “सुरक्षीत, मर्यादित र भेदभाव रहित घरबहाल क्षेत्र, बहाल क्षेत्र सबैको सरोकार– मानव अधिकारको रक्षा मुल आधार“ भन्ने राष्ट्रिय नाराका साथ शुक्रबार घरबहाल सरोकार महासंघ नेपालको ११ औ स्थापना दिवस मनाईयो।स्थापना दिवशका अवसरमा बुटवल उपमहानगरपालीकाका बिभिन्न वडामा भाडामा बस्ने कोभिड प्रभावित अति बिपन्न २५ परिवारलाई पहिलो चरणको राहत बितरण गरिएको छ। कोभिड संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण रोजगारी गुमाई समस्यामा परेका परिवारलाई खाद्यान्न लगाएतका सामाग्री प्रदान गरिएको हो।

सो अवसरमा राहत बितरण गर्दै संबिधान सभाका सदस्य बिनोद पहाडीले कोभिड संक्रमणका कारण धेरै बिपन्न परिवारले आफ्नो रोजगारी गुमाएको र कतिले उपचार अभावका ज्याननै गुमाउनु परेको तितो यथार्थ ब्यक्त गरेका छन्। रोग र भोकले जनता भटाभट मर्दा पनि सरकारले जनताको जिउधनको रक्षाका लागि कुनै ठोस कदम चाल्न नसकेको उल्लेख गर्दै पहाडीले जनतालाई खोपको आवश्यक्ता र खानेकुराको समस्याप्रति सरकार उदासिन रहेको धारणा ब्यक्त गरेका थिए।

यस्तै नेपाल घरबहाल सरोकार महासंघका निवर्तमान अध्यक्ष शंकर कोईरालाले बहालमा बस्नेहरुलाई सरकार र घरधनी दुबैले दोश्रो दर्जाको नागरिक ठान्ने प्रबृती रहेको चर्चा गर्दै बहालमा बस्नेहरुको अधिकारका लागि सबै एकजुट हुनुपर्ने धारणा ब्यक्त गरेका छन्।
नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महासंघका केन्द्रिय सचिब राजु लिगल, रुपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ भण्डारी, जिल्ला सल्लाहकार गणेशसिंह भण्डारी, जिल्ला सदस्य दिपक पौडेल लगाएतले घरबहाल क्षेत्रका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए।