काँग्रेस बिधान संसोधनमा अपांग संघको बिरोध

प्रकाशित मिति:

काठमाण्डौ मंसिर १६/ नेपाली कांग्रेसमा आबद्ध राष्ट्रिय लोकतान्त्रिक अपांग संघका नेता–कार्यकर्ताले आइतबार पार्टी विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदाप्रति आपत्ति जनाउँदै धर्ना दिएका छन् ।

उनीहरूले पार्टीका सबै तहमा आफूहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन् ।

उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आफ्नो प्रतिनिधित्वबारे विधानमै व्यवस्था गर्न माग गरेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल चलिरहेकै बेला आफ्ना माग विधानमै समेटिनुपर्ने भन्दै धर्ना दिएको संघका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए ।