कोरोनाले मृत्यु भएका मोहनको परिवारले पाए आर्थिक सहयोग

प्रकाशित मिति:

सुरेश परियार- कोरोना संक्रमणबाट मृत्यु भएका बुटवलका एक सिलाई ब्यवसायी मोहनको परिवारलाई आर्थिक सहयोग गरिएको छ । लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायी संघमा आवद्ध साधारण समेत रहेका मोहन परियार गत बैशाख २८ गते कोरोना संक्रमण कारण मृत्यु भएको थियो ।राहत स्वरुप लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायी संघका अध्यक्ष प्रताप परियारले मृतक परिवारका परिवारलाई रु.१५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम संघका अध्यक्ष प्रताप परियारको अध्यक्षता,संघका बरिस्ठ उपाध्यक्ष शम्भु राई,कोषाध्यक्ष रबिन रायमाझि,सदस्यहरु राजु बराह,नगर अध्यक्ष बिष्णु परियार, उपाध्यक्ष रामु बुढापिर्थी,नगर सचिब भरत परियार,मोहन थापा,सदस्य राजु छिनाल,मिना चौधरी लगायतको आतिथ्यता रहेका थियो ।आर्थिक सहयोग पाए संगै स्व.मोहनको धर्म पत्नी शान्ता परियारले धन्यवाद ज्ञापन गर्दै थप सहयोगको याचना गरेकी छन् ।स्व.मोहन परियार बुटवल ६,अमरपथ स्थित फेसन डिजाइनर टेलर्स एण्ड बुटिकका संचालक थिए ।