पोखरामा चितुवाले मार्यो २०० कुखुरा र हाँस

प्रकाशित मिति:

पोखरा । पोखरामा चितुवाले दुई कुखुरा र हाँस मारेको छ । पोखरा महानगरपालिका वडा नं। २३ स्थित एक एग्रो फार्ममा चितुवा पसेर दुई सय हाँस तथा कुखुराहरु मारेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पोखरा २३ को बिरिम कुना भन्ने स्थानमा ‘ईको एग्रो फार्म’ मा चितुवाले यस्तो क्षति पुर्याएको प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवण कुमार विकले जानकारी दिए ।उनका नुसार नीमा शेर्पाको फार्ममा पालिएका १०० वटा कुखुरा, ५० वटा हाँस, ४० वटा टर्की र पाँच वटा लौकाट चितुवाले मारेको छ ।

चितुवाले कुखुरा मार्दा दुई लाख पचास हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।