संसद पुनःस्थापनाको संभावनाले ओलीले फाल्दै ‘एकता कार्ड’

प्रकाशित मिति:

यो अवधिका निर्णय सर्वोच्चले उल्टाए ओली आफूले फिर्ता गरेर कमजोर सावित हुनुनपर्ने र अर्को समूहको माग पनि पुरा हुनेमा विश्वस्त छन् । यसले सर्प पनि नमर्ने र लठ्ठी पनि नभाँचिने अनुमान ओलीको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको असन्तुष्ट समूह नेपाल-खनाल समूहसँगको सम्पर्क बढाएकाछन्।एकताको लागि फालेको ६ बुँदे कार्डबाट टसमस नभएर त्यसलाई नेपाल-खनाल समूहले जालझेलको रुपमा लिएसँगै दुरी टाढिएको अनुमान गरिएको भएपनि ओली आफ्नै प्रयासमा नजिकिने प्रयास गरेका हुन् ।आफ्नै पार्टीका दुई दर्जन सांसदले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा राष्ट्रपतिले अस्वीकार गरेसँगै उनीहरू सर्वोच्चमा न्याय माग्दै पुगेका छन् ।

सर्वोच्चको संवैधानिक इजलासले देउवालाई प्रधानमन्त्री बनाउने गरि अन्तरिम आादेश दिन अस्विकार गरेको छ । यसले देउवालाई सोही बहुमत दावीले प्रधानमन्त्री बनाउने संभावना कम तर संसदको पुनःस्थापनाको संभावना बलियो बनाएको छ । अदालतले राष्ट्रपतिलाई ओलीले पेश गरेको दावी स्वीकार्नेमा उनी आफै विश्वस्त छैनन् ।दोस्रो पटक संसद विघटन गरेर चुनावी सरकारको नेतृत्व गरिरहेका ओलीलाई संसद पुनःस्थापना भए त्यसले जन्माउने संभावित घटनाक्रमले तर्साएको आकंलन हुन थालेको छ।नेपाल-खनाल समूहका एक केन्द्रीय सदस्यले सर्वोच्चका पछिल्ला फैसलाले संसद पुनःस्थापना हुने संभावना बढेको र त्यो अवस्थामा सरकारमा आफ्नो निरन्तरताको लागि नेपाल(खनाल समूहको साथ अनिवार्य रहेको ओलीले स्पष्ट बुझेको हुनक‍ो भनाइ छ।‘उहाँले जसपाको एउटा पक्ष हातमा लिनु भएकै छ, पार्टी एकठाउँ भए बहुमत पुग्छ, यसले आफ्नो सरकारको निरन्तर नेतृत्व गर्ने अभिलासा पुरा हुन्छ ‘ उनले भने, ‘ सर्वोच्चका फैसलाले पनि घुमिफिरी त्यही आकांक्षामा बल पुग्ने देखिन्छ ।’

एमाले भित्र अहिलेको विवाद सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काएपछि त्यही बिन्दुमा रहेर अगाडि बढ्ने भन्ने कुरामा अडिएको छ । अध्यक्ष ओलीले आफ्नो दम्भको आडमा त्यो विन्दु भन्दा पार्टीलाई धेरै अगाडि बढाएको भएपनि ओली अघोषित रुपमा आफ्नै निर्णयबाट पछुताएको बुझिन्छ ।आफ्नो निर्णयबाट हम्मेसी पछि फर्कन नजानेका ओलीलाई सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई प्रत्यक्ष परोक्ष रुपमा अस्वीकार गर्दा अदालतको कारण देखाएर पछि फर्कन सजिलो हुने सहजै अनुमान गर्न सकिन्छ ।सर्वोच्च अदालतले कर्णालीका ४ सांसदहरूको पुनस्बहाली गरेसँगै यस विषयलाई लिएर एमालेले पुनरावलोकनमा जाने बताएको भएपनि अहिलेसम्म गएको छैन । यो फैसलाले यो अवधिका निर्णय सर्वोच्चले उल्टाए ओली आफूले फिर्ता गरेर कमजोर सावित हुनु नपर्ने र अर्को समूहको माग पनि पुरा हुनेमा विश्वस्त छन् । यसले सर्प पनि नमर्ने र साप पनि मर्ने अनुमान ओलीको छ । यसले झनै वीन वीनको अवस्था आउने भएकोले अझै त्यस्तै खालको फैसलाको पर्खाइमा छन् ।उनी असन्तुष्ट समूहको युवा नेताको तप्कालाई हातमा लिए माधव नेपाललाई गलाउन सकिने मनस्थितिमा छन् । पार्टीका योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेतालाई निरन्तर फकाइरहेका ओली पछिल्लो पटक पुरानै स्थायी कमिटी बैठक बसाल्ने दाउमा छन् ।

यसकै प्रयास स्वरुप उनले सोमबार नेता विष्णु पौडेललाई अर्का नेता बामदेव गौतमलाई भेटको लागि पठाए । गौतमले लामो समय देखि एकिकरण अभियान चलाउँदै आएकाछन्।अबको केही समय ओली हदैसम्म लचक हुने संकेत देखिन्छ । यो पार्टीको दीर्घकालीन फाइदा कम सत्ता समिकरणको स्वार्थ बढी हो । किनकी उनी नेपाल(खनाल समूहले समानान्तर कमिटी गठन गर्दै हिड्दा नतर्सिएका कांग्रेस सभापति देउवाको पक्षमा हस्ताक्षर अभियान चलाउँदा पार्टी मिलाउन ०७५ जेठ २ मा फर्कने कार्ड फालेका थिए । त्यसमा स्पष्टसँग देउवालाई दिएको समर्थन फिर्ता लिने कुरा उल्लेख छ ।असन्तुष्ट समूहलाई पेल्दै भित्तामा पुराएर गलाउने रणनीति फेल भएका उनी आफू चुकेरै भएपनि अर्को समूहलाई बशमा पार्ने दाउमा छन् । त्यसको लागि यसबीचमा भएका निर्णयबाट व्याक हुने मात्र हैन, पार्टीमा आर्कषक जिम्मेवारी दिने देखि सरकारमै बलियो मन्त्रालयको आश्वासन पनि हुनसक्छ ।

ओलीले संभावित घटनाक्रमको आकंलनमा रहेर जसपाको ठाकुर समूहलाई कब्जामा राखेकाछन् । १५ सांसदमा ११ जनालाई मन्त्री बनाएर चुनावी सरकार चलाउने बाध्यता संसद पुनःस्थापनको त्रास मात्र एउटा कारक हो ।ओली भोलीको पार्टी र चुनावी परिणाम भन्दा बढी जति बेलासम्म सरकार अस्तित्वमा रहन्छ यो अवधिमा अर्को नेतृत्व स्वीकार्न नसक्ने मनस्थिति नै कारक हो ।