द भ्वाइस अफ नेपालको फिनाले कतारमा हुँदै

प्रकाशित मिति:

१६ मंसिर काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को ग्रान्ड फिनाले कतारमा हुने भएको छ । आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित एशियन  टाउन ग्रान्डमल सनैयामा फिनाले हुने  र सोको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो । आयोजक प्रवीण गुरुङ एनआरएनए आईसिसि मध्यपुर्व क्षेत्रीय उपसंयोजक हुन् भने, अर्का आयोजक डिल्लीकला थपलीया व्यवशायी हुन् । त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आइसीसी सदस्य हुन् । फिनाले कार्यक्रमको विषयलाई लिएर आयोजकले कतार स्थित विभिन्न संघसस्थाका पदाधीकारीसँग छलफल थालिएको आयोजक एंव एनआरएनए आईसिसि मध्यपुर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।