अलायन्स क्लव अफ गैडहवाको आयोजनामा रक्तदान कार्यक्रम,५२ युनिट रगत संकलन

प्रकाशित मिति:

२० असार,कञचन- अलायन्स क्लव अफ गैडहवाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।गैडहवा गाउपालिका वडा नं. ८ को सभाहलमा आयोजित कार्यक्रममा गैडहवा गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुवन बहादुर राना सहित ५२ जनाले रक्तदान गरेका थिए ।

बि।पी।स्टडी युथ सर्कल सैनामैना, ए टु जेड अनलाइन सोलुसन एण्ड फोटो स्टुडियो गैंडहवा-८ मैनिया, नेशनल क्रीकेट एकेडेमी, मुड्वेज टुर एन्ड ट्रावल्स सैनामैना र श्री कृष्ण हार्ड्वएर एण्ड मेसिनरी स्टोर्स गैडहवाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि गैडहवा गाउपालिका वडा नं। ८ का वडा अध्यक्ष भुवन बहादुर रानाले रक्तदान सबैभन्दा स्वर्गिय र पुण्य कार्य भएको उल्लेख गरे । युवाहरु समाजको मेरुदण्ड भएको र मेरुदण्ड रुपी युवाहरु समाज परिवर्तनको दिशामा लाग्नु पर्ने उल्लेख गर्दै प्रमुख अतिथि रानाले रक्तदान गर्ने रक्तदाताहरुले मोक्ष प्राप्त गर्न कुनै मन्दिर देवस्थलमा जानु नपर्ने बताए ।
न्यु एभरेष्ट युवा क्लब गैंडहवा(८रुपन्देही र योगदान राष्ट्रका लागि रुपन्देहीसंगको सहकार्य तथा रक्तसंचार केन्द्र बुटवलको प्राबिधिक सहयोग रहेको रक्तदान कार्यक्रममा अलायनस क्लव,सैनामैनाका संस्थापक अध्यक्ष कृष्ण भण्डारीले मानव सेवा र समाज परिवर्तनका लागि युवाहरुको भुमिकालाई मुख्य बनाउन केन्द्रित अलायन्स क्लवमा आवद्ध युवाहरु सधै समाज प्रति जिम्मेवार हुने बताए । यसैगरी योगदान राष्ट्रका लागि रुपन्देहीका अध्यक्ष मेघराज अर्यालले हामीले गर्ने हरेक कृयाकलापहरु राष्ट्रका लागि योगदानमा आधारित हुनुपर्नेमा जोड दिए ।

सैनामैना निवासी अभिनय घिमिरेद्वारा आफ्नो जन्मदिनको अवसरमा पहिलो रक्तदाताको रुपमा रक्तदान गरी शुभारम्भ भएको कार्यक्रमको अध्यक्षता अलायन्स क्लव अफ गैडहवाका संस्थापक अध्यक्ष शिवनाथ बरईको रहेको थियो भने क्लवका संस्थापक सचिव सुवास पुनले कार्यक्रम संचालन गरेका थिए ।